तो सिउ–लामको घर र कारहरुमा तोडफोड भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
उक्त घटना बुधबार बिहानै ४ बजे भएको बताइएको छ। ७३ वर्षका तो सिउको घरमा तोडफोड भएको यो पाँचौपटक हो।
प्रहरीले हाल यस तोडफोडमा संलग्न भएका चार व्यक्तिको खोजीकार्य जारी राखेको छ।
यसअघि चार वर्ष अगाडि उनीमाथि चक्कु प्रहार नै भएको थियो। सीसीटीभी फुटेजमा चार जना नकाबधारीले यस तोडफोड मच्चाएको देखिएको छ।
उनीहरुले किन यस्तो गलत कार्य गरे त्यो विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ।
प्रतिक्रिया