हङकङमा कोरोना भाइरसको असरको बारेमा सीले लामसँग छलफल गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
बुधबार बिहानै भएको भिडियोवार्तामा लामले मुख्यक्षेत्र चीनको प्रधानमन्त्री लि खछ्याङसँग पनि कुराकानी गरेको बताइएको छ।
चीनले हङकङकी प्रमुखसँग शहरको योजनाको बारेमा सोधेको थियो। उक्त भिडियोवार्तामा मकाउका प्रमुख हो लात–सेङ पनि सहभागी भएको बताइएको छ।
यसैबीच हङकङमा बुधबार ६० नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै यहाँ कोरोना संक्रमितको कुल संख्या १० हजार २८२ पुगेको छ।
यहाँ हालसम्म कोरोनाले १७४ को मृत्यु भइसकेको छ।
प्रतिक्रिया