कोरोना भाइरसको खतरापछि शनिबार बिहानैदेखि याउ सिम मोङ डिस्ट्रिक्टका १५० आवासीय भवनमा लकडाउन गरिएको थियो।
ती भवनमा बस्नेहरुमा पछिल्लो समय तीव्र रुपमा कोरोना देखिएपछि त्यहाँ लकडाउन गरिएको थियो।
लकडाउनको नियम पालना गराउनको लागि हाल त्यहाँको प्रशासनले १७ सय प्रहरीलाई सो क्षेत्रमा खटाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
हाललाई कोरोना नदेखिका व्यक्तिमात्र त्यस आवसीय भवनहरुबाट बाहिर निस्कन पाएका छन्।
यस लकडाउनले १० हजार व्यक्तिहरु प्रभावित भएका थिए। आइतबार सात हजारमा कोरोना परीक्षण सम्पन्न भएसँगै सोमबारदेखि नै लकडाउन खोल्ने विषयमा हाल सरोकारवालाबीच छलफल भइरहेको पनि बताइएको छ।
यसैबीच आइतबार हङकङमा ७६ नयाँ कोरोना संक्रमित थपिएका छन्। कोरोनाकै कारण आइतबार थप एकको मृत्यु भएको पनि बताइएको छ।
यससँगै हङकङमा कोरोना संक्रमितहरुको कुल संख्या १० हजार ८६ पुगेको छ। यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या १६९ पुगेको छ।
Shares
प्रतिक्रिया