हङकङमा ६ अर्ब डलरभन्दा बढी कालोधनलाई वैध बनाउने सात बैंकर गिरफ्तार

हङकङमा ६ अर्ब डलरभन्दा बढी कालोधनलाई वैध बनाउने सात बैंकर गिरफ्तार

नेपालखबर
माघ ७, २०७७ बुधबार १३:२४,

स्रोत नखुलेका ६ दशमलब ३ अर्ब हङकङ डलरलाई वैध बनाउने कार्यमा लागेको भन्दै हालका तथा पूर्व बैंकरहरु गिरफ्तार भएका हुन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङको यस घटना शहरको वित्तिय क्षेत्रको यस दशककै सबैभन्दा ठूलो अपराध हो।

इन्टरनेसनल मनि लन्डरिङ सिन्डिकेटमा उनीहरु आवद्ध भएको बताइएको छ।

प्रहरी अधिकारीहरुले एक आरोपित व्यक्तिबाट ७८ लाख हङकङ डलर जफत गरेका छन्। उक्त पैसाको पनि स्रोत खुल्न सकेको छैन।

Hong Kong police made their biggest money-laundering bust in nearly a decade on Tuesday. Photo: Nora Tamहङकङमा मनि लन्ड्रिङमा व्यावसायिक बैंकरहरु संलग्न भएको पहिलो घटना भएको बताइएको छ।

सन् २०१७ देखि हङकङको प्रहरीले कालो धनलाई वैध बनाउने कार्यमा लाग्नेहरुविरुद्ध शशक्त अनुसन्धान थालेको छ।

एक स्विस कम्पनीले हङकङको बैंक खातामा अवैध २० लाख डलर पठाएपछि मनि लन्ड्रिङको विषयमा प्रहरीले शशक्त रुपमा अनुसन्धान थालेका हुन्।

हाल पक्राउ परेका सात बैंकरहरु बैंकका महत्वपूर्ण कार्यभार सम्हालेका व्यक्तिहरु भएको बताइएको छ।

प्रहरीले बृहत रुपमा अनुसन्धान थालेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .