हङकङका ५४ लाखलाई बेलायत बस्ने अवसर, हङकङबासीमाथि देशभक्तिको परीक्षा!

हङकङका ५४ लाखलाई बेलायत बस्ने अवसर, हङकङबासीमाथि देशभक्तिको परीक्षा!

नेपालखबर
माघ ६, २०७७ मंगलबार १३:५,

बेलायत सरकारले यसै महिनाको अन्तिममा नयाँ भिसाको नियम ल्याउँदैछ जसले हङकङको ७० प्रतिशत जनसंख्यालाई बेलायतमा बस्ने अवसर प्रदान गर्ने बीबीसीले जनाएको छ।

अन्ततः बसाइ–सराई गरेर बेलायत पुग्ने हङकङबासीलाई त्यहाँकै नागरिकता प्रदान गरिने पनि उल्लेख गरिएको छ।

गतवर्षको जुलाईमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले हङकङबासी ब्रिटिस नेसनल ओभरसिज बीएनओ पासपोर्टवाला नागिरकले बेलायतमा बसोबासका लागि आवेदन दिन पाउने बताएका थिए।

हङकङमा बीएनओ पासपोर्टवाला नागरिक ३० लाख छन्। यस्तै बेलायतले लाखौं अन्य व्यक्तिहरुलाई बीएनओको आवदेन भर्न लगाएका थिए। हालसम्म २ लाखभन्दा बढीले बीएनओ पासपोर्ट प्राप्त गरिसकेको बताइएको छ।

यसै महिनाको अन्तिमदेखि हङकङका बीएनओ पासपोर्ट हुने मानिसले बेलायत बस्नका लागि प्रक्रिया अगाडि बढाउन सक्नेछन्। पाँच वर्षको अवधिसम्ममा ५४ लाख हङकङबासीलाई बेलायत लाने योजना ल्याइएको हो।

गतवर्ष मुख्यक्षेत्र चीनले हङकङका लागि नयाँ कानुन लागू गरिदिएपछि बेलायत चीनसँग रुष्ट छ। राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि हङकङमा चीन विरोधी गतिविधि प्रतिबन्ध भएको छ।

कुनै समय हङकङ बेलायतको उपनिवेश थियो। सन् १९९७ मा बेलायतले चीनलाई हङकङ हस्तान्तरण गरेको थियो। त्यसबेला चीनले ५० वर्षसम्म हङकङलाई स्वतन्त्र छाड्नुपर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो।

तर २३ वर्ष नहुँदै चीनले सुरक्षा कानुन लागू गरिदिएर हङकङको स्वतन्त्रता खोसेको र आफूसँगको सम्झौता उल्लंघन गरेको बेलायतको अरोप छ।

यसबीचमा बेलायतले हङकङबासीलाई बेलायतमा बस्ने अवसर प्रदान गरेको हो।

बेलायतले हङकङबासीलाई पासपोर्ट प्रस्ताव गरेको विषयमा चीन रुष्ट छ। चीनले बेलायतलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चुनौती दिँदै आएको छ।

हङकङका अधिकारीहरुका अनुसार हङकङका हजारौं सरकारी कर्मचारीसँग पनि बीएनओ पासपोर्ट छ। साथै विभिन्न क्षेत्रमा विज्ञहरुसँग पनि बीएनओ पासपोर्ट भएको बताइएको छ।

बेलायतले हङकङबासीलाई स्थायी रुपमै बस्नका लागि अवसर दिएपछि विश्लेषकहरुले यस कार्यले हङकङबासी देशप्रति वफादार र देशभक्त छन् कि छैनन् भन्ने देखाउने बताएका छन्। (बीबीसी र एससीएमपीको सहयोगमा)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .