हङकङमा मंगलबार बन्चरो र चक्कुले हानेर एक जनाको हत्या गरियो

हङकङमा मंगलबार बन्चरो र चक्कुले हानेर एक जनाको हत्या गरियो

नेपालखबर
पुस ७, २०७७ मंगलबार ११:२१,

साउथ चाइना मर्निङ पोस्टका अनुसार आज बिहान ११ बजे ४७ मिनेट जाँदा फानलिङको वो होप सेक भिलेजमा रहेको वो हिङ रोडमा एक व्यक्तिको निर्मम तवरबाट हत्या भएको हो।

प्रहरी घटनास्थल पुग्दासम्म ती व्यक्ति रक्ताम्य अवस्थामा अचेत भेटिएका थिए। आजै मध्यान्न साढे १२ बजे उनको मृत्यु भएको घोषणा गरिएको थियो।

उनको नर्थ डिस्ट्रिक्ट हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको थियो।

The victim of a Tuesday morning knife attack was pronounced dead at North District Hospital shortly after 12.30pm. Photo: Roy Issa

सर्जिकल मास्क र कालो पोशाकमा आएका पाँच आक्रमणकारीले ती व्यक्तिमाथि हमला गरेका थिए। आक्रमण कारीहरुले २० देखि ३० वर्षको उमेर समूहको भएको बताइएको छ।

उनीहरु कारमा भागेका थिए। आक्रमणको उद्देश्य के थियो भन्नेबारे हालसम्म पत्ता लाग्न सकेको छैन।

हाल उनीहरुको खोजी जारी रहेको बताइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .