कोरोना संक्रमितहरु धेरै संख्यामा देखिन थालेपछि यहाँ तेस्रोपटक क्लब र बारहरु बन्द गरिने भएको छ।
मंगलबार ८० नयाँ संक्रमित थपिएको हङकङमा बुधबार ८५ नयाँ संक्रमित थपिएको बताइएको छ।
बार तथा क्लबसँग सम्बन्धित कोरोना संक्रमितहरु धेरै देखिएपछि यहाँ यी क्षेत्रहरु यसवर्ष कोरोनाका कारण तेस्रोपटक बन्द गर्न लागिएको हो।
हङकङको स्वास्थ्य विभागका अनुसार बिहीबारदेखि डिसेम्बर २ सम्मका लागि बार, नाइट क्लब, क्यारिओकी, डान्स हलहरु बन्द गरिनेछ।
हङकङमा हालसम्म ५८ सय ६७ मा कोरोना पुष्टि भइसकेको छ। यहाँ हालसम्म १०८ को मृत्यु भइसक्दा ५२ सय ९५ उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी
504
Shares
प्रतिक्रिया