यहाँकी स्वास्थ्यमन्त्री सोफिया चान सिउ–चीले आइतबार कम आय भएका कोरोना संक्रमित नागरिकलाई सरकारले ५ हजार डलर सहयोग गर्ने बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
कोरोना प्रकोपबीच कम आय भएका मानिसले आर्थिक हिसाबमा धेरै मार खेप्नु परेको र यस सहयोगले उनीहरुको जीवनस्तरमा केही टेवा पुग्ने सरकारको विश्वास रहेको चानले बताइन्।
आइतबार एकैदिन हङकङमा ६८ नयाँ कोरोना संक्रमित देखिएको दिन कम आय भएका नागरिकलाई सहयोग घोषणा भएको हो।
लामो समयपछि एकैदित यहाँ ६० भन्दा बढी संक्रमित भेटिएका हुन्। शनिबार हङकङमा ४३ नयाँ संक्रमित देखिएका थिए।
यससँगै हङकङमा कोरोना संक्रमितको कुल संख्या ५६ सय २९ पुगेको छ। यहाँ कोरोनाका कारण १०८ को ज्यान गइसकेको छ भने ५२ सय ५९ कोरोना मुक्त भएका छन्।
537
Shares
प्रतिक्रिया