हङकङका रेडियो प्रस्तोता ‘गिग्स’ राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत गिरफ्तार

हङकङका रेडियो प्रस्तोता ‘गिग्स’ राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत गिरफ्तार

नेपालखबर
मंसिर ६, २०७७ शनिबार १२:३९,

हङकङका युवा आन्दोलनकारीहरुलाई शहर छाडेर ताइवान भाग्न प्रेरित गरेको साथै उनीहरुका लागि भन्दै चन्दा उठाउन मद्दत गरेको अभियोगमा वान गिरफ्तार भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

शनिबार बिहानै उनलाई प्रहरीले पक्राउ गरेको हो। उनले कालो धनलाई वैध बनाउने कार्य गरेको पनि आशंका गरिएको छ।

वानसँगै उनकी श्रीमती र एक सहयोगी पनि कालो धनको विषयमा गिरफ्तार भएको बताइएको छ।

वानले इन्टरनेटमा डी१०० च्यानलबाट शैक्षिक कार्यक्रम चलाउँथे। उनको फेसबुक पेजमा हजारौंले लाइक गरेका छन् युट्युटबमा उनको ५४ हजार सब्सक्राइबर छन्।

वानले ‘अ थाउजेन्ड अफ फादर्स एन्ड मदर्सः ताइवान एजुकेसन एइड प्रोग्राम’ नामको कार्यक्रम चलाउँथे।

यस कार्यक्रममा गतवर्ष हङकङमा भएको सरकारविरुद्धको प्रदर्शनलाई समर्थन गरिन्थ्यो। साथै कार्यक्रमबाटै ताइवान भाग्न चाहने प्रदर्शनकारीका लागि सहयोग रकम उठाइन्थ्यो।

वानको कार्य हङकङको सुरक्षा कानुन विपरित भएको भन्दै उनलाई गिरफ्तार गरिएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .