साउथ चाइना मर्निङ पोस्टका अनुसार ४२ वर्षकी महिलालाई ब्ल्याकमेल गर्ने ५१ वर्षका पुरुष पक्राउ परेका हुन्।
ती पुरुषले महिलाबाट ६० हजार हङकङ डलर असुलेको बताइएको छ। प्रहरीका अनुसार महिलाले पुरुषलाई गतहप्ता मात्र पैसा बुझाएकी हुन्।
गतहप्ता नै ती पुरुषले पूर्व प्रेमिकालाई म्यासेजमा नग्न तस्बिर पठाउँदै पैसा दिन नभए हालका प्रेमीलाई उक्त तस्बिर पठाउने धम्की दिएका थिए।
उनीहरुको प्रेम सम्बन्ध गत वर्षमात्र टुटेको प्रहरीको भनाइ छ। प्रहरीले हाल ती पुरुषलाई पक्राउ गरेर फोन जफत गरेको छ। थप छलफल जारी रहेको बताइएको छ। एससीएमपी
4.8k
Shares
प्रतिक्रिया