हङकङमा सुपुर्दगी विधेयकविरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि सेतो टिसर्टधारीे समूहले आक्रमण गरेका छन्।
आइतबार राति सेतो टिसर्टधारी समूहले युन लङ एमटीआर स्टेसनमा आक्रमण गर्दा ४५ जना घाइते भएका छन्।
प्रदर्शनकारीमाथि आक्रमणकारीले रड लगायतका सामाग्रीले आक्रमण गरेको एससीएमपीले जनाएको छ।
आक्रमणकारीले आक्रमण गरिरहँदा प्रहरी त्यस क्षेत्रमा प्रवेश नगरेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन्।
आफूहरुमाथि आक्रमण भइसकेपछि मात्र प्रहरी घटनास्थलमा आएको उनीहरुको भनाइ रहेको छ।
सरकारले ल्याएको सुपुर्दगी विधेयकविरुद्ध प्रदर्शन गरिसकेपछि प्रदर्शनकारी घर फर्किदै गर्दा उनीहरुमाथि आक्रमण भएको जनाइएको छ।
सेतो टिसर्टधारीले आक्रमण गरेको भिडियो तथा फोटोहरु सार्वजनिक भएका छन्। जहाँ आक्रमणकारीले प्रदर्शनकारीमाथि निर्घात कुटपिट गरेको देख्न सकिन्छ।
ती सेता टिसर्टधारी को हुन् भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। हङकङ बचाऔंभन्दै प्रदर्शनकारीले प्रदर्शन गरेको जनाइएको छ।
This is a clip from Gwyneth Ho (@StandNewsHK)'s live video. Look at how vehement and vicious the white-shirts are in their attacks on protesters. Look at their matching weapons – their long wooden sticks & umbrellas. #antielab #YuenLong
— Jun Pang (@hyjpang) July 21, 2019
(https://t.co/YLjoOljcQC) pic.twitter.com/QucaHWJWdS
शनिबारसमेत हङकङमा ३ लाख प्रदर्शनकारीले सुपुर्दगी विधेयकविरुद्ध आन्दोलन गरेका थिए।
सुपुर्दगी विधेयकमा हङकङ सरकारले आरोपित व्यक्तिहरुलाई चीनमा अनुसन्धानका लागि पठाउनसक्ने प्रावधान भएको बताइएको छ।
हङकङको स्वतन्त्रता गुम्ने खतरा भएकाले आन्दोलन गरेको प्रदर्शनकारीहरुको भनाइ छ।
(भिडियो)
प्रतिक्रिया