पोम्पिओले हङकङका अन्तिम गभर्नर क्रिस प्याटन र चर्चित अभियन्ता नाथन ललाई भेटेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
पोम्पिओले उनीहरुसँग लन्डनस्थित अमेरिकी राजदूतको निवासमा छुट्टाछुट्टै भेट गरेका थिए।
उनीहरुबीच हङकङको पछिल्लो अवस्थाबारे कुराकानी भएको बताइएको छ। हाल हङकङमा चीनले राष्ट्रिय सुरक्षा कानुन लागू गरेको छ।
चीनले एक देश दुई प्रणालीको सिद्धान्तलाई कुल्चदै हङकङको स्वतन्त्रता खोसेको अमेरिका र बेलायतको अरोप छ।
चीनले भने अमेरिका र बेलायतलाई आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिइरहेको छ।
अमेरिकाले हाल हङकङलाई प्रदान गर्दै आएको विशेष हैसियत खोसेको छ भने बेलायतले हङकङका नागरिकलाई बेलायती नागरिकता दिने बताइरहेको छ।
चीनसँग बेलायत र अमेरिकाको अवस्था बिग्रिएका बेला अमेरिकी विदेशमन्त्री बेलायत भ्रमणमा पुगेका हुन् जहाँ उनले हङकङसँग सम्बन्ध भएका राजनीतिज्ञहरु भेटेका हुन्।
प्रतिक्रिया