हङकङमा हालसम्मकै बढी कोरोना संक्रमित थपिए, एकैदिन ११३ संक्रमित बने

हङकङमा हालसम्मकै बढी कोरोना संक्रमित थपिए, एकैदिन ११३ संक्रमित बने

नेपालखबर
साउन ७, २०७७ बुधबार ११:८,

बुधबार यहाँ एकैदिन १ सय १३ संक्रमित थपिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

नयाँ संक्रमितमध्ये आधाभन्दा बढीमा कोबाट कोरोना संक्रमण भयो भन्नेबारे पत्ता लाग्न नसकेको बताइएको छ।

गत आइतबार पनि हङकङमा १ सय ८ जनामा कोरोना देखिएको थियो। मंगलबार मात्र हङकङमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको थियो।

बुधबार नयाँ संक्रमितहरु थपिएपछि यहाँ कोरोना पुष्टि भएकाहरुको संख्या २ हजार १३१ पुगेको छ। संक्रमितमध्ये १४ को मृत्यु भएको छ।

दुईहप्ता यता हङकङमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएको छ। त्यसअघि यहाँ कोरोनाको संक्रमण दर शुन्यमा झरेको थियो।

केही समय अगाडि खुकुलो बनाइएको कोरोनाविरुद्धको उपाय यतिबेला कडा बनाइएको छ। हाल सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ भने होटल तथा रेस्टुरेन्टमा व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्न भनिएको छ।

केही समय कार्यालयमै पुगेर काम गर्ने सरकारी कर्मचारीलाई पनि यतिबेला घरैबाट काम गर्न भनिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .