यससँगै यहाँ कोरोना संक्रमितको संख्या एक हजार ५१ पुगेको छ। संक्रमितमध्ये चार जनाको मृत्यु भएको छ भने एक हजार उपचारपछि स्वस्थ बनेका छन्।
नयाँ दुई कोरोना संक्रमित स्थानीयबाट स्थानीयमा सरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
२२ दिनपछि यहाँ स्थानीयबाट स्थानीयमा कोरोनाको संक्रमण भएको हो।
यसअघि तीन हप्तासम्म स्थानीय संक्रमण देखिएको थिएन। विदेशबाट फर्किने नागरिकमा मात्र कोरोना देखिने क्रम जारी थियो।
बुधबार देखिएका नयाँ संक्रमित ६६ वर्षकी वृद्धा र उनका पाँच वर्षकी नातिनी हुन्। सरकारले बुधबार नै हङकङमा कोरोना परीक्षणलाई अझ तिव्रता दिने जनाएको छ।
3
Shares
प्रतिक्रिया