यहाँका वृद्धवृद्धा र कमजोर अवस्थाका धेरै मानिसहरुलाई अटाउन सरकारले अनुदानको बजेट रकम बढाउने योजना बनाएको एससीएमपीले जनाएको छ।
अनुदान योजनाले हङकङको व्यवसायहरुलाई डुब्नबाट जोगाउनुका साथै यसले वृद्धवृद्धा र कमजोर अवस्थाका धेरै मानिसहरुलाई समेटेको मंगलबार हङकङकी कार्यकारी प्रमुख क्यारी लामले बताइन्।
कोरोनाको प्रकोपसँगै हङकङमा व्यापारहरु ठप्प भएपछि यहाँका व्यापारीहरु आर्थिक मारमा परेका छन्। व्यापार र व्यवसाय ठप्प हुँदा यहाँका हजारौैं नागरिकहरु बेरोजगार बनेका छन्।
सरकारको अनुदान योजनाले यहाँको व्यापार तथा व्यवसाय व्यवस्थित हुने विश्वास व्यक्त गरिएको छ।
गत महिना मात्र सरकारले यस योजना सार्वजनिक गरेको थियो। यस योजनामा हङकङका ५० प्रतिशत कामदारको ६ महिनासम्मको तलब सरकारले नै दिने उल्लेख गरिएको छ।
यसबीचमा सरकारले धेरै वृद्धावृद्ध र असाहायहरुलाई पनि राहत कार्यक्रममा समावेश गरिने जनाएको हो।
यसै महिनाको अन्तिमदेखि अनुदान प्राप्त गर्न नागरिकहरुले फारम भर्नसक्ने पनि जनाइएको छ।
प्रतिक्रिया