हङकङमा बिहीबार चार जनामा कोरोना भाइरस ‘कोभिड १९’को संक्रमण देखिएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार नयाँ संक्रमित व्यक्तिहरु बुधबार राति मात्र पाकिस्तानबाट हङकङ फर्किएका थिए।
हाल हङकङले बाहिरी मुलुकमा फसेका आफ्ना नागरिक फर्काउन लागि परेको छ। विदेशबाट फर्किएकामै हङकङमा कोरोनाको संक्रमण देखिरहेको छ।
यहाँ स्थानीयबाट स्थानीयमा हुने संक्रमण नदेखिएको १८ दिन पुगिसकेको पनि जनाइएको छ।
हङकङमा यससँगै कोरोना संक्रमितको संख्या एक हजार ४४ पुगेको छ। यीमध्ये चार जनाको मृत्यु भएको छ भने ९४४ जना उपचारपछि स्वस्थ बनिसकेका छन्।
प्रतिक्रिया