हङकङमा सोमबार विदेशबाट फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण

हङकङमा सोमबार विदेशबाट फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १२:५०,

यससँगै यहाँ कोरोना संक्रमितको संख्या एक हजार ४० पुगेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

संक्रमितमध्ये हङकङमा कोरोनाका कारण चारजनाको मृत्यु भएको छ भने ९ सय उपचारपछि स्वस्थ बनेका छन्। हाल एक सय ३६ कोरोना संक्रमितको उपचार भइरहेको छ।

हङकङमा सोमबार भेटिएका नयाँ संक्रमित २७ वर्षकी महिला भएको बताइएको छ। उनी हालै अमेरिकाबाट हङकङ फर्किएका थिए।

हङकङमा स्थानीयबाट स्थानीयमा कोरोना संक्रमण हुने क्रम घट्दै जाँदा विदेशबाट फर्किने व्यक्तिले हङकङमा कोरोना भित्र्याइरहेका छन्।

किनभने विदेशी पर्यटकलाई भ्रमण प्रतिबन्ध लगाएपनि हङकङले विदेशबाट आफ्ना नागरिक फर्काइरहेको छ।

उनीहरुबाट कोरोना सर्ने सम्भावना भएपछि सरकारले १४ दिन अनिवार्य क्वारेन्टिनको व्यवस्था गरेको छ।

हङकङमा होटल, जिमखान, ब्युटी पार्लर, पब, बार लगायतका मानिसहरु जमघट हुने स्थान हाल बन्द छन्। यी प्रतिबन्धका नियमहरु मे ७ सम्म लागू हुनेछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .