हङकङमा चौध दिनयता स्थानीयमा कोरोना देखिएको छैन, आइतबार पनि शुन्य संक्रमण

हङकङमा चौध दिनयता स्थानीयमा कोरोना देखिएको छैन, आइतबार पनि शुन्य संक्रमण

नेपालखबर
बैशाख २१, २०७७ आइतबार १२:४८,

साउथ चाइना मर्निङ पोस्टकाअनुसार यससँगै हङकङमा १४ दिनयता स्थानीय नागरिकमा कोरोना संक्रमण देखिएको छैन।

यद्यपी विदेशबाट फर्किनेहरुमा भने कोरोना देखिने क्रम जारी छ।

शनिबार पनि हङकङका कुनै व्यक्तिमा कोरोना पुष्टि भएको थिएन। यसअघि शुक्रबार भने पाकिस्तानबाट फर्किएका दुई जनामा कोरोना देखिएको थियो।

स्थानीयबाट स्थानीयमा कोरोना संक्रमण हुने क्रम घट्दै जाँदा विदेशबाट फर्किने व्यक्तिले हङकङमा कोरोना भित्र्याइरहेका छन्।

किनभने विदेशी पर्यटकलाई भ्रमण प्रतिबन्ध लगाएपनि हङकङले विदेशबाट आफ्ना नागरिक फर्काइरहेको छ।

उनीहरुबाट कोरोना सर्ने सम्भावना भएपछि सरकारले १४ दिन अनिवार्य क्वारेन्टिनको व्यवस्था गरेको छ।

हालसम्म हङकङमा एक हजार ३९ जनामा कोरोना पुष्टि भएको छ। यीमध्ये चारको मृत्यु भएको छ भने ८७९ उपचारपछि स्वस्थ बनेका छन्।

हङकङमा होटल, जिमखान, ब्युटी पार्लर, पब, बार लगायतका मानिसहरु जमघट हुने स्थान हाल बन्द छन्। यी प्रतिबन्धका नियमहरु मे ७ सम्म लागू हुनेछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .