यससँगै हङकङमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार १७ पुगेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
गएको पाँच दिनयता हङकङमा कोरोना संक्रमितको संख्या घट्दो छ। हङकङमा लगातार पाँचदिन एक अंकको संख्यामा कोरोना संक्रमित बढेका हुन्।
यसअघि गत महिनाको मार्च ९ मा पनि हङकङमा एक मात्र कोरोना संक्रमित थपिएका थिए।
बिहीबार संक्रमित बनेकी महिला १९ वर्षकी किशोरी विद्यार्थी भएको बताइएको छ। उनी अप्रिल १ मा बेलायतबाट फर्किएकी थिइन्। उनी विदेशमै अध्ययन गरिरहेकी छिन्।
यसअघि बुधबार हङकङमा चार जना कोरोना संक्रमित थपिएका थिए।
विदेशबाट आउने पर्यटकले हङकङमा कोरोना भित्र्याएपछि सरकारले विदेशी पर्यटकका लागि तत्कालका लागि भ्रमण प्रतिबन्ध लगाएको छ।
यद्यपी हङकङले विदेशबाट आफ्नो नागरिक भने फर्काइरहेको छ।
हाल हङकङमा विदेशबाट फर्किने सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ।
उनीहरु सबैलाई सरकारले विद्युतीय रिस्ट ब्याण्डबाट निगरानी गर्दछ। क्वारेन्टिनमा बस्ने सबैलाई रिस्टब्याण्ड अनिवार्य लगाउनु पर्दछ।
हाल हङकङमा भिडभाड गर्न प्रतिबन्ध लगाइएको छ। यहाँ चार जनाभन्दा बढी मानिस एकसाथ देखिए कारवाही गरिन्छ।
बुधबारसम्मको तथ्यांकअनृुसार हाल विश्वभर २० लाख ९७ हजार १०१ कोरोना संक्रमित छन्। विश्वभर १ लाख ३५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
५ लाख २३ हजार ३६५ जना भने उपचारपछि स्वस्थ छन्।
Shares
प्रतिक्रिया