यससँगै हङकङमा कोरोना संक्रमितको संख्या १ हजार १७ पुगेको छ। कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणपछि यहाँ हालसम्म चार जनाको मृत्यु भइसकेको छ।
बुधबार भेटिएका नयाँ कोरोना संक्रमित सबै हालै विदेशबाट फर्किएका व्यक्तिहरु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
नयाँ चार संक्रमितमध्ये एक महिला हुन्। हालै उनीहरु बेलायत, नेदरल्याण्ड्स र मोरोक्कोबाट हङकङ फर्किएका थिए।
विदेशबाट आउने पर्यटकले हङकङमा कोरोना भित्र्याएपछि सरकारले विदेशी पर्यटकका लागि तत्कालका लागि भ्रमण प्रतिबन्ध लगाएको छ। यद्यपी हङकङले विदेशबाट आफ्नो नागरिक भने फर्काइरहेको छ।
हाल हङकङमा विदेशबाट फर्किने सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ।
उनीहरु सबैलाई सरकारले विद्युतीय रिस्ट ब्याण्डबाट निगरानी गर्दछ। क्वारेन्टिनमा बस्ने सबैलाई रिस्टब्याण्ड अनिवार्य लगाउनु पर्दछ।
हाल हङकङमा भिडभाड गर्न प्रतिबन्ध लगाइएको छ। यहाँ चार जनाभन्दा बढी मानिस एकसाथ देखिए कारवाही गरिन्छ।
बुधबारसम्मको तथ्यांकअनृुसार हाल विश्वभर २० लाख १६ हजार ८६१ कोरोना संक्रमित छन्। विश्वभर १ लाख २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
४ लाख ९२ हजार १९ जना भने उपचारपछि स्वस्थ छन्।
प्रतिक्रिया