यससँगै यहाँ कोरोना संक्रमितको संख्या एक हजार ९ पुगेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
हङकङमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ।
हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सन कम्युनिकेबल डिजिजेज ब्रान्चका डाक्टर च्वाङ सुक–क्वानका अनुसार हालै कोरोनाबाट संक्रमित बनेकामध्ये एक १४ महिने बच्चा पनि छन्।
पाँच नयाँ संक्रमितमध्ये चार जना हालै विदेशबाट फर्किएका थिए। चारध्ये १४ महिने बच्चा पनि विदेशबाट फर्किएका थिए। अन्य तीनले भने हालै अर्जेन्टिना, पाराग्वे, इन्डोनेसिया र बेलायतको भ्रमण गरेका थिए।
हालसम्म हङकङमा कोरोना संक्रमित बनेका ३९७ जना उपचारपछि स्वस्थ बनिसकेका छन्।
कोरोना भाइरस विश्वव्यापी बनिसक्दा हालसम्म विश्वभर १८ लाख ६४ हजार ६३९ जनामा कोरोनाको संक्रमण छ।
अहिलेसम्म एक लाख १५ हजार १०१ को मृत्यु भइसक्दा विश्वभर ४ लाख ३३ हजार ८२३ उपचारपछि स्वस्थ बनेका छन्।
Shares
प्रतिक्रिया