शनिबार कोरोना संक्रमित ११ जना थपिएसँगै यहाँ एक हजार १ जनामा कोरोना संक्रमण पुष्टि भएको हङकङ सरकारले जानकारी दिएको छ।
११ नयाँ संक्रमितमध्ये १० जना हालै विदेशबाट फर्किएका व्यक्तिहरु भएको हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सन्स कम्युनिकेबल डिजिजेज ब्रान्चका डाक्टर चुवाङ सुक–क्वानले बताए।
शनिबारको नयाँ संक्रमित संख्या गत मार्च १७ यताकै सबैभन्दा कम भएको पनि उल्लेख गरिएको छ।
हालसम्म हङकङमा चार जनाको कोरोनाका कारण मृत्यु भएको छ।
कोरोना भाइरसको महामारी विश्वभर फैलिसकेको छ। हालसम्म कोरोनाका कारण १७ लाख १६ हजार ३३२ बिरामी परेका छन्। १ लाख ३८ सय ४७ को मृत्यु भइसक्दा ३ लाख ८९ हजार ४ उपचारपछि स्वस्थ बनेका छन्।
हङकङले पनि विद्यालय, होटल, ब्युटि पार्लर, जिमखाना बन्द गरेर भिडभाड नगर्न भनेर कोरोनाविरद्धको उपाय अबलम्ब गरेको छ। एससीएमपी
प्रतिक्रिया