५१ कोरोना संक्रमितमध्ये एक जना ४० दिन अगाडि जन्मिएको एक शिशु समेत भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यससँगै हङकङमा कोरोना संक्रमितको संख्या ७६५ पुगेको छ। त्यहाँ ४ जनाको मृत्यु यसअघि नै भइसकेको थियो।
हङकङको स्वास्थ्य सुरक्षा केन्द्रकाअनुसार आज पुष्टि भएको ५१ संक्रमितमध्ये ३४ जना ६५ वर्षमाथिका मानिसहरु हुन्। उनीहरु हालै विदेशबाट फर्किएका थिए।
यस्तै १३ अन्यहरु संक्रमित व्यक्तिहरु विदेशबाट फर्किएका व्यक्तिहरु भएको बताइएको छ।
४० दिन अगाडि जन्मिएको शिशु केटा भएको बताइएको छ। ती शिशुलाई मार्च ३० मा कोरोना संक्रमण पुष्टि भएको मानिसले बोकेको बताइएको छ।
यसैबीच हङकङले बुधबार नाइट क्लब, क्यारिओकी रुम र जुवा घर अनिश्तिकालको लागि बन्द गर्ने निर्णय गरेको छ।
यसअघि सरकारले धेरै मानिसहरु जम्मा हुने स्थानः गेमिङ सेन्टर, साउना, पुल हल, फिटनेस सेन्टर, सिनेमा घर, पार्टी रुमहरु दुईहप्ताको लागि बन्द गर्ने पनि घोषणा थियो।
प्रतिक्रिया