हङकङको न्याय विभागले सोमबार दिएको जानकारी अनुसार गत मार्च ८ मा चीनको सेनजेन शहरबाट ३१ वर्षका एक व्यक्ति हङकङ प्रवेश गरेका थिए।
उनलाई १४ दिन क्वारेन्टिनमा बस्न भनिएको थियो। तर ती व्यक्तिले आफ्नो घरको ठेगाना र नाम गलत भनेर क्वारेन्टिनको नियम उल्लंघन गरेको अधिकारीहरुको भनाइ छ।
सोमबार हङकङको अदालतले ती व्यक्तिलाई तीन महिनाको जेल सजाय तोकेको हो।
हालसम्म हङकङमा ६४२ जना कोरोनाबाट संक्रमित छन्। त्यहाँ ४ जनाको मृत्यु भइसकेको छ।
हालै विदेशी पर्यटकबाट हङकङमा धेरै कोरोना संक्रमण भित्रिएपछि सरकारले पर्यटकलाई केही समयको लागि प्रतिबन्ध लगाएको छ।
आफ्ना नागरिक भने हङकङकले फिर्ता बोलाइरहेको छ। हाल हङकङ फर्कने सबैलाई १४ दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ।
उनीहरुलाई ट्र्याक गर्न सरकारले विदुतीय हातेफिता लगाइदिएको छ। क्वारेन्टाइन नबसेर घुम्न जाने मानिसहरुलाई प्रशासनले कारवाही गर्ने चेतावनी दिएको छ।
प्रतिक्रिया