कोरोनाबाट संक्रमित हुनेमा एक डेढ वर्षकी बालिकासमेत रहेको जनाइएको छ।
दैनिक ब्रिफिङमा आइतबार स्वास्थ्य सुरक्षा केन्द्रका डाक्टर चुआङ सुक–क्वानले एक २० महिनाकी बालिका पनि कोरोनाबाट संक्रमित बनेको जानकारी दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यससँगै हङकङमा कोरोनाबाट बिरामी पर्नेको संख्या ३१७ पुगेको छ। हालसम्म त्यहाँ चार जनाको मृत्यु भएको छ।
आइतबार कोरोनाबाट संक्रमित हुनेमध्ये २९ जना हालै विदेश भ्रमणबाट फर्किएका व्यक्तिहरु भएको बताइएको छ।
उनीहरु हालै क्यानडा, अमेरिका, फ्रान्स, जर्मनी र नेदरल्याण्ड्स घुमेर फर्किएका थिए।
प्रतिक्रिया