द चाइनिज युनिभर्सिटी अफ हङकङका प्राध्यापक डेभिड हुई सु–च्योङले हङकङमा लगातार चार हप्ता कोरोनाको संक्रमण नदेखिएको अवस्थामा मात्र शैक्षिक संस्था खोल्नुपर्ने बताएको एससीएमपीले जनाएको छ।
गत फेब्रुअरी महिनाको सुरुवातदेखि नै हङकङका विद्यालय तथा विश्वविद्यालयहरु ठप्प छन्। कोरोना भाइरसको संक्रमणपछि सरकारले पठनपाठन रोक्न निर्देशन दिएको थियो।
हालसम्म हङकङमा १ सय २६ मा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ ३ जनाको मृत्यु भइसकेको छ।
विश्व स्वास्थ्य संगठनले भीडभाड र समूहमा कोरोना चाँडै फैलने बताएपछि यतिबेला हङकङका हवाई सेवा, रेल सेवाहरु पातलिएको छ।
हाल विश्वमा १ लाख २१ हजार १६१ कोरोनाबाट संक्रमित भएका छन्। ४ हजार ३७६ को मृत्यु भइसक्दा ६६ हजार ८९६ उपचारपछि स्वस्थ बनेका छन्।
चीनमा मात्र ८० हजार ७८८ संक्रमित छन्। त्यहाँ ३ हजार १५८ को मृत्यु भइसकेको छ। चीनमा ६१ हजार ५७९ उपचारपछि स्वस्थ बनेका छन्।
प्रतिक्रिया