हङकङ एक्सप्रेसले हङकङ र जापानको सेन्डाईबीच सिधा उडान गर्ने भएको छ।
एक्सप्रेसले शुक्रबार गरेको घोषणा अनुसार यो उडान अर्को वर्ष १७ जनवरीदेखि हुनेछ। एयरलाइन्सले सेन्डाई विमानस्थलमा हप्ताको ४ वटा सिधा उडान गर्नेछ।
यसै वर्ष, जापानका सहरमा सिधा उडान गर्ने कम्पनीको यो दोस्रो घोषणा हो। कम्पनीले हिरोसिमाको लागि पनि सिधा उडान यही वर्ष सुरु गरिसकेको छ।
नयाँ सेवा उद्घाटनको उपलक्ष्यमा एक्सप्रेसले हङकङ-सेन्डाईको राउन्ड ट्रिप भाडा ५७६ हङकङ डलर प्रस्ताव गरेको छ। यो अफर भने सीमित समयको लागि मात्र लागु हुनेछ।
आजदेखि अर्को मंगलबार (२०-२४ सेप्टेम्बर)सम्म बुकिङ गर्दा लिन सकिने यो फाइदा हङकङ एक्सप्रेसको आधिकारिक वेबसाइट र वि च्याट मिनी एपमार्फत गरिएका बुकिङमा मात्र मान्य हुने समेत कम्पनीले जनाएको छ। जसमा ब्यागेज सुविधा २० केजी रहेको छ।
54
Shares
प्रतिक्रिया