हङकङ ल्याउन लागिएको १४ किलो हेरोइनसहित बैंककमा ४ जना पक्राउ

हङकङ ल्याउन लागिएको १४ किलो हेरोइनसहित बैंककमा ४ जना पक्राउ

बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा कुकुरको सहायतामा सुरक्षा जाँच गर्दै सुरक्षाकर्मी (गेट्टी इमेजेज्)


नेपालखबर
असार ११, २०८१ मंगलबार १७:४६, हङकङ

हङकङ ल्याउन लागिएको १४ किलो स्ल्याब हिरोइनसहित थाइल्यान्डको राजधानी बैंककस्थित सुवर्णभूमि विमानस्थलबाट थाइ प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

थाइ प्रहरीले सोमबार सञ्चारमाध्यमलाई जानकारी गराएअनुसार लागूऔषध ओसारपसारको गोप्य सूचना प्राप्त भएपछि प्रहरीले हङकङका समकक्षीको सहयोगमा संयुक्त अनुसन्धान थालेका थिए।

यही सूचनाका आधारमा गतहप्ता दक्षिण एसियाली देशको यात्रा गरेका दुई व्यक्ति लेउङ वाइ र चुन हेलाई प्रहरीले ट्र्याक गरिरहेको थियो।

हङकङवासी अवैध लागूऔषध लिन थाइल्यान्ड गएको सूचना प्रहरीले पाएको थियो।

आइतबार साँझ करिब ७ बजे लेउङ र चुन सुटकेस बोकेर सुवर्णभूमि विमानस्थल आइपुगे, जहाँ उक्त सुटकेस लिनका लागि हङकङका अन्य दुई पुरुष तयारीमा अवस्थामा थिए।

सन्दिग्धको खोजीमा रहेका अधिकारीले यसैबखत चारै जनालाई नियन्त्रणमा लिएका हुन्।

थाइ प्रहरीका अनुसार सुटकेसमा १४ किलो तौलका ४० वटा स्ल्याब हेरोइन थियो। यदि यो हेरोइन हङकङ आइपुगेको भए यसको मूल्य एक करोड हङकङ डलर हुने स्रोत बताउँछ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .