सरकारले कोरोनाको प्रकोप नियन्त्रण गर्न नसक्ने हो भने संक्रमितको संख्या एकैहप्तामा हजारभन्दा बढी पुग्ने वैज्ञानिकहरुको दाबी रहेको सउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
सिटी युनिभर्सिटीको बायोमेडिकल साइन्सेस विभागकका सहायक प्राध्यापक डाक्टर सिन सियाङ–युले तिव्र गतिमा कोरोनाभाइरस फैलिने चेतावनी दिएका छन्।
संक्रमण फैलन नदिन सरकारले जनचेतना फैल्याउनु पर्ने र क्वारेन्टाइनको नियम कडा बनाउनु पर्ने उनको तर्क छ। अहिलेकोजस्तो फितलो प्रयासले कोरोना नियन्त्रण नहुने तर संक्रमित बढ्ने उनको भनाइ छ।
हङकङमा हालसम्म ८१ जना कोरोनाबाट संक्रमित बनेका छन्। यस भाइरसबाट २ जनाको मृत्यु भएको छ।
3
Shares
प्रतिक्रिया