२९ वर्षीय नेपाली महिलाले वान चाइस्थित एक अपार्टमेन्टबाट शनिबार हाम फालेको डिमसुम डेलीले जनाएको छ।
उनको नाम भने खुलाइएको छैन। शनिबार हङकङ समयअनुसार मध्यान्न १२ बजेर ३४ मिनेटमा यो दुर्घटना भएको थियो।
सुरुमा महिलाले अपार्टमेन्टबाट हामफाल्न खोजिरहँदा हङकङका प्रहरीले उनलाई त्यसो नगर्न आग्रह गरेका थिए।
यद्यपी उनी ठूलो भवनबाट तल उफ्रिन् र आत्महत्या गरिन्। आत्महत्याको कारणबारे प्रहरीले यतिबेला अनुसन्धान थालेको छ।
प्रतिक्रिया