हङकङकी एक महिलाले छोराको हत्या गरेर आत्महत्या गरेकी छन्।
क्वाइ फङस्थित घरमा बौद्धिक रूपमा असक्षम छोराको हत्यापछि आफू पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ।
सोमबार बिहान मृतक महिलालाई भेट्न घरमा पुगेका आफन्तले प्रहरीलाई घटना जानकारी गराएका थिए।
अचेत अवस्थामा फ्ल्याटभित्र रहेका ५२ वर्षीया आमा र ३२ वर्षीय छोरालाई प्यारामेडिकले घटनास्थलमै मृत घोषित गरेका थिए।
मृतक आमा–छोरालाई नजिकबाट चिन्ने स्रोतलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएअनुसार मृतक महिला केही समयअघि बिरामी परेकी थिइन्।
आफू बिरामी परेर बौद्धिक रूपमा अपाङ्गता भएका छोराको हेरचाह गर्न कठिन हुँदा मानसिक रूपमा विक्षिप्त थिइन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
888
Shares
प्रतिक्रिया