हङकङ अब्जर्भेटरीको आगामी नौ दिनको मौसम पूर्वानुमान अनुसार सहरमा अधिकांश दिन वर्षा हुनेछ।
अब्जरभेटरीले जनाएअनुसार न्यून चापीय रेखाको प्रभावका कारण भोलि ग्वाङजोङको तटीय क्षेत्रमा हावाहुरीसहित भारी वर्षा हुनेछ।
साथै, साताको उत्तरार्धमा दक्षिणी चीनको तटीय क्षेत्रमा पुनः न्यून चापीय रेखाको प्रभावले यस क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुनेछ।
अब्जर्भेटरीको नौ दिनको अनुमानअनुसार अप्रिल २९ देखि मौसममा केही सुधार आउनेछ तर मे १ सम्म नै वर्षाको मौसम रहनेछ।
आज दिउँसो र बेलुकाको अनुमान चाहिँ सामान्यतया बदली रही मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।
99
Shares
प्रतिक्रिया