आइतबार राति हङकङको ताइहाङस्थित आवासीय भवनमा आगलागी भएको छ।
राति करिब १० बजे ताइहाङस्थित लाइतक स्टेटमा रहेको चुनविङ लाउ भवनको २१औँ तलामा आगलागी भएको हो।
उक्त फ्ल्याटमा दनदनी बलेको आगो निभाउन दमकललाई करिब १ घन्टा लागेको थियो। आगो निभाउने क्रममा एक जनाको जलेको शव पनि भेटिएको छ।
दमकलका कर्मचारीले गरेको प्रारम्भिक अनुसन्धान अनुसार चुरोटलाई गलत तरिकाले डिस्पोजल गर्दा आगलागी भएको हुनसक्ने देखिएको स्थानीय समाचार आउटलेटमा उल्लेख छ। यद्यपि घटनाबारे सत्यतथ्य पत्ता लगाउन विस्तृत अध्ययन भइरहेको अधिकारीहरूले जनाएका छन्।
भिडिओ-
309
Shares
प्रतिक्रिया