हङकङको राजमार्गमा सोमबार एक ट्रकले दुई सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सुरुमा कार र ट्याक्सी ठोकिए। त्यसपछि दुवै चालक बाहिर निस्केर वादविवादमा उत्रिरहेको बेला साेही दिशाबाट आएको ट्रकले उनीहरूसहित सवारीसाधनलाई ठक्कर दिएको हो।
दुवै घाइते चालकलाई सातिनस्थित प्रिन्स अफ वेल्स हस्पिटल लगिएकोमा कारका चालकको मृत्यु भएको अस्पतालले पुष्टि गरिसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
ट्याक्सी चालकको पनि टाउकोमा चोट लागेको छ। दुर्घटनाबाट दुवै सवारी साधनमा व्यापक क्षति भएको छ।
162
Shares
प्रतिक्रिया