बिहीबार राति हङकङको तुङचुङमा नेपालीबीच झडप भएको छ। झडपमा एक जना घाइते भएका छन्।
हिजो (२२ फेब्रुअरी) राति ११ बजे तुङचुङको याटतुङ स्टेटमा ४६ वर्षीय नेपालीलाई बोतल आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
उनको टाउकोमा चोट लागेको छ। पीडितलाई उपचारार्थ नर्थ लान्ताउ अस्पताल लगिएको थियो।
उनी हङकङ आईडी बाहक रहेको र आक्रमणकारीहरू पनि नेपाली नै रहेको आशंका प्रहरी स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले गरेका छन्।
यसबाट नेपालीहरूबीच झगडा हुँदा उक्त घटना घटेको बुझ्न सकिन्छ।
आक्रमणकारीहरू २० देखि ३० वर्ष उमेर समूहका रहेको र उनीहरूको प्रहरीले खोजी गरिरहेको जनाएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय लान्ताउले अनुसन्धान गरिरहेको छ।
1.3k
Shares
प्रतिक्रिया