खराब मौसमका कारण बिहीबार र शुक्रबारका लागि हङकङ र चीनका दुई मुख्य सहरबीचको हाइस्पिड रेल सेवा रद्द भएका छन्।
यातायात विभागले बिहीबारको जी३०५ को हङकङ-तियानजिन वेस्ट स्टेसन र जी६५०६ को वेस्ट काउलुन टर्मिनसबाट ग्वान्झाउ दक्षिणको रेल सेवा रद्द भएको जनाएको हो।
यस सम्बन्धमा मुख्यभूमिका अधिकारीहरूसँग कुराकानी भइरहेको र थप विवरण चाँडो आउने हाइस्पिड रेल सञ्चालन गर्ने एमटीआर कर्पोरेसनले जानकारी गराएको छ।
थप सूचनाका लागि कम्पनीको आधिकारिक वेबसाइट, हाइस्पिड रेल सेवाको वेबसाइट र मोबाइल एपबाट जानकारी लिन समेत भनिएको छ।
चीनको ठूलो क्षेत्र यतिखेर वर्षा, हिउँ र चिसो मौसमले ग्रस्त छ। तियानजिनमा हिमपातका कारण राजमार्गहरू बन्द भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
सान्छी, हेनान, सानदोङ लगायतका प्रान्तले पनि वर्षा तथा हिमपातको सामना गरिरहेका छन्।
48
Shares
प्रतिक्रिया