मंगलबार दिउँसो हङकङको चिङयि नर्थ कोस्टल रोडमा दुई वटा डबल डेकर बस ठोकिँदा तीन जना घाइते भएका छन्।
उनीहरूलाई बेहोस अवस्थामा अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा एउटा बसको अगाडिको भागमा ठूलो क्षति पुगेको छ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार सुरुमा एउटा बस बिग्रिएर ‘स्लो लेन’तर्फ गई मर्मत गर्ने क्रममा पछाडिबाट आएको अर्को बसले ठक्कर दिएको थियो।
दुई बसको दुर्घटनामा अर्को एक गाडी पनि परेको छ। यसको पनि अग्रभागमा क्षति पुगेको छ।
पछाडिबाट आएर ठक्कर दिने बसको ब्रेक फेल भएको बुझिएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा दुई यात्रु र एक जना चालक हुन्।
दुर्घटना मंगलबार दिउँसो साढे १ बजे हङकङ शिपयार्ड नजिकै एयरपोेर्ट जाने सडक खण्डमा भएको हो।
उनीहरूलाई पिन्सेस मार्गरेट अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया