चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर)को बिदा मनाउन हङकङमा तीन दिनमा पाँच लाख ४३ हजार पर्यटक भित्रिएका छन् भने झन्डै ११ लाख बासिन्दाले सहर छोडेका छन्।
हङकङ अध्यागमन विभागले मंगलबार जारी गरेको तथ्यांकमा शनिबारदेखि सोमबारको बीच पाँच लाख ४३ हजार सात सय २२ पर्यटक हङकङ भित्रिएको उल्लेख छ। जसमा ८७ प्रतिशत मुख्यभूमि चीनका यात्रु थिए।
तथ्यांकले सोही अवधिमा १.१ मिलियन मानिस बाहिरिएको पनि देखाएको छ।
तथ्यांकअनुसार दैनिक औसत तीन लाख ५५ हजार बासिन्दाले बिदा मनाउन सहर छोडेका छन्।
बिदाको अन्तिम दिन (मंगलबार) वेस्ट काउलुन स्टेसन हुँदै हङकङ छाड्ने र प्रवेश गर्ने स्थानीय तथा पर्यटकको भीड लागेको थियो।
12
Shares
प्रतिक्रिया