हङकङको लान्ताउ आइल्यान्डमा अवस्थित हङकङ डिजिल्यान्डमा रोलर कोस्टर बिग्रिएपछि फसेका १२ जनाको सकुशल उद्धार भएको छ।
स्थानीय सञ्चारमाध्यममले जनाए अनुसार बुधबार दिउँसो सवा ३ बजे मध्य उचाइमा पुगेपछि रोलर कोस्टरमा अचानक खराबी आएको थियो।
रोलर कोस्टर एक प्रकारको मनोरञ्जक सवारी हो। त्यसबखत कोस्टरमा १२ यात्रु रहेको र समस्याग्रस्त कोस्टर ‘टु कार स्पेस माउन्टेन राइड’ भएको समाचारमा उल्लेख छ।
कोस्टरमा खराबी आएपछि तुरुन्तै प्रहरीलाई खबर गरिएको थियो। खबरपश्चात् घटनास्थलमा प्रहरी र दमकलका कर्मचारी पुगेका थिए।
घटनामा कुनै मानवीय क्षति नभएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
60
Shares
प्रतिक्रिया