बिहीबार बिहान हङकङको चुनवानमा लागूऔषध ओसारपसारको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
न्यु टेरिटोरिज साउथ पुलिसले बिहान करिब २ बजे १२ हजार हङकङ डलर बराबरको लागूऔषधसहित पक्राउ गरेको हो।
होपुइ स्ट्रिटमा गरिएको लागूऔषध विरोधी अपरेसनका क्रममा शंकास्पद गाडी पार्किङ गरिएको भेट्टाइएको र खानतलासी गर्ने क्रममा क्रिस्टल मेथ र कोकिन सहित एक व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ।
युएन उपनामका २३ वर्षीय ती युवकको साथबाट १० ग्राम कोकिन र ९ ग्राम क्रिस्टल मेथ बरामद भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।
उनलाई खतरनाक लागूऔषध ओसारपसार गरेको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
36
Shares
प्रतिक्रिया