हङकङ प्रहरीले लागूऔषध, यौन व्यवसाय, जुवा लगायतका गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ४७ जनालाई पक्राउ गरेको छ।
प्रहरीले शुक्रबारदेखि आइतबारसम्म सहरव्यापी गरेको सर्च अभियानमा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।
प्रहरी, अध्यागमन र दमकलको संयुक्त कारबाहीमा २५२ मनोरञ्जन स्थल र अवैध कारोबार भएका ठाउँमा छापा मारेको थियो।
पक्राउ पर्नेहरूमा २५२ स्थानीय, १३ मुख्यभूमिवासी, तीन जना अवैध आप्रवासी लगायत रहेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।
135
Shares
प्रतिक्रिया