हङकङको केनेडी टाउनस्थित एक फ्ल्याटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। त्यस्तै, आगलागीबाट प्रभावित दुई सय जनालाई त्यहाँबाट बाहिर निकालिएको छ।
आगलागी भएको फ्ल्याटको झ्यालबाट आगो र धुवाँ निस्किरहेको तस्बिरमा देख्न सकिन्छ।
आगलागी भएको फ्ल्याटमा कोइलाको चुलोसहित ७० वर्षीय वृद्धको शव भेटिएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।
प्रहरीलाई आइतबार साँझ साढे ७ बजे केनेडी टाउनमा आगलागी भएको रिपोर्ट प्राप्त भएको थियो।
खबर पाएपछि घटनास्थल पुगेका अग्निनियन्त्रकले पानीको जेट प्रयोग गरेर आगो निभाएका थिए।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
45
Shares
प्रतिक्रिया