हङकङको क्वाइचङ कन्टेनर टर्मिनल १ मा आगलागी भएको छ।
आगो सोमबार बिहान ११ बजेतिर लागेको हो। टर्मिनल भवनबाट आगो लाग्न सुरु भएको आशंका अधिकारीले गरेका छन्।
भवनबाट धुँवाको मुस्लो र आगोको ज्वाला निस्कन थालेपछि कामदारहरूलाई बाहिर निकालिएको थियो।
धुवाँका कारण निसास्सिएका एक कामदारलाई अस्पताल समेत लगिएको छ।
स्थानीय सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार लाइकिङ, चिङ यि तथा अन्य टापुबाट हेर्दा आगलागीको दृश्य डरलाग्दो देखिएको थियो।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
42
Shares
प्रतिक्रिया