हङकङको मङककस्थित फाहुइ पार्कमा आज (शुक्रबार)देखि ‘फार्मफेस्ट एचके २०२४’ सुरु भएको छ।
कृषि, मत्स्यपालन तथा संरक्षण विभाग (एएफसीडी), तरकारी मार्केटिङ अर्गनाइजेसन (भीएमओ) र माछा मार्केटिङ अर्गनाइजेसन (एफएमओ) द्वारा संयुक्त रूपमा आयोजित यो मेला तीन दिनसम्म सञ्चालन हुने आयोजकलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।
मेलामा स्थानीय उत्पादकले उपभोक्तालाई सिधै आफ्ना उत्पादन बिक्री गर्न सक्नेछन्।
मेलामा लगभग चार सय स्टल रहेको आयोजकको दाबी छ। जसमध्ये दुई सयभन्दा बढी स्टल स्थानीय उत्पादन बिक्रीका लागि छन्।
त्यहाँ स्थानीय खाना, अर्गानिक एवं स्वस्थ परिकार, घरेलु सामान बिक्रीका लागि रहनेछन्।
कृषि र माछा मार्ने व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ।
यसका साथै उद्योग, एकेडेमिया, एफसीडी र एफएमओको सहकार्य र अनुसन्धानबाट विकसित भएको तयारी खाद्यान्न ‘चेरी वुड स्मोक्ड पोम्पानो’ को लन्च पनि यसै बखत गरिनेछ।
साथसाथै, फार्मफेस्टमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुने भएका छन्। कार्यक्रममा सांस्कृतिक प्रस्तुतिदेखि रेस्टुरेन्टका सेफहरूले खाना पकाउने कला समेत देखाउनेछन्।
Shares
प्रतिक्रिया