बिहीबार बिहान नाउताउ ककमा बस र ट्याक्सी एकापसमा ठोकिँदा तीन जना घाइते भएका छन्।
ट्याक्सीले नाउताउ कक रोडबाट क्वुनतोङ रोडतर्फ बायाँ मोड लिँदै गर्दा काउलुन मोटर बस (केएमबी)को रुट नम्बर ८९डी को बससँग ठोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
बससँग ठोकिएको ट्याक्सी फुटपाथमा उक्लिएर एक घरको पर्खाललाई धक्का दिन पुगेको थियो।
दुर्घटनामा दुई जना बसका यात्रु चालक घाइते भएका छन्। तीनै जनालाई अस्पताल भर्ना गरिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
51
Shares
प्रतिक्रिया