हङकङको न्यु टेरिटोरिज, ल्यान्डफिल साइटमा दुर्घटना भएको छ। दुर्घटनामा परी एक कामदारको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
प्रहरीलाई उद्धृत गर्दै उल्लेख भएअनुसार सोमबार दिउँसो ताकु लिङको नर्थ वेस्ट न्यु टेरिटोरिज ल्यान्डफिल्डमा कार्यरत कामदारलाई गार्बेज ट्रक पल्टिएर ठक्कर दिँदा गम्भीर घाइते भए।
ट्रकले ठक्कर दिएपछि उनी पुलको ढुङ्गामा समेत ठोकिन पुगेका थिए।
दुर्घटनालगत्तै सहकर्मीले प्रहरीलाई खबर गरेका थिए। यद्यपि उद्धारकर्मी त्यहाँ पुग्नुअगावै सहकर्मीले उनलाई उद्धार गरिसकेका थिए भने पीडित व्यक्ति बेहोस थिए।
उद्धारकर्मी पुगेपछि ५० वर्षीय घाइतेलाई सेङसुइमा रहेको उत्तरी जिल्ला अस्पताल लगिएको थियो तर बचाउने प्रयास सफल भएन। अस्पतालले उनलाई दिउँसो ३ बजे मृत घोषित ग¥यो।
घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
150
Shares
प्रतिक्रिया