हङकङमा यतिखेर दिनप्रतिदिन जाडो बढ्दै गइरहेको छ। बिहीबार बिहान सहरी क्षेत्रको न्यूनतम तापक्रम ९.८ डिग्री थियो भने शुक्रबार बिहान ८.६ डिग्री मापन भएको अब्जर्भेटरीले जनाएको छ।
अब्जर्भेटरीका अनुसार शुक्रबार सबेरै हङकङमा हिमाली क्षेत्रको तापक्रम माइनसमा पुगेको छ भने बिहान १० बजेसम्म २.५ डिग्री पुगेको थियो।
जाडोको यो ‘पिक’ समयमा समेत कतिपय मानिसमा अग्ला चुचुरातर्फ पदयात्रामा निस्कने मोह कमी भएको देखिँदैन। यस्तै ‘साहसी’मध्येका एक व्यक्ति बिहीबारदेखि ताइमाे सानमा हराइरहेका छन्।
प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार बिहीबार अपरान्ह ४ बजेतिर एक व्यक्तिबाट आफू ताइमो सानमा पदयात्राका लागि आएको र चिसोका कारण अरू बढी हिँड्न नसक्ने भन्दै मद्दतको आग्रह सहित फोन आयो।
यस क्षेत्रको न्यूनतम तापक्रम शुक्रबार बिहान माइनस १.६ डिग्री सेल्सियससम्म पुगेको थियो।
चिसोका कारण थप हिँड्न नसक्ने बताउँदै ती व्यक्तिले फोन गरेको समय २४ घण्टा बितिसिकेको छ।
उनले उद्धारको आग्रह गर्दै फोन गरेपछि प्रहरीको आकस्मिक सेवा, दमकल विभाग, सरकारी उडान सेवा र नागरिक सहायता सेवाका गरी ४० जना अधिकारी सम्मिलित खोज तथा उद्धार टोली ताइ माे सानतर्फ परिचालित भइसकेको छ। यद्यपि, प्रहरीले दिएको जानकारी अनुसार बिहान साढे १० बजेसम्म उनको केही पत्तो लाग्न सकेको छैन।
समुन्द्री सतहबाट ९५७ मिटर (३,१४० फिट) उचाइमा रहेको ताइमो सानमा यतिखेर चिसो यति बढेको छ कि, यातायात विभागले समेत शुक्रबार बिहान ९ बजे ‘आपत्कालीन घटनाका कारण सवारीसाधनहरू ताइमो सान रोडमा प्रवेश गर्न नसक्ने’ जानकारी गराएको थियो।
चिसो बढ्दै गइरहेको हङकङमा दिनप्रतिदिन रेकर्ड ब्रेक हुँदै गइरहेको छ।
जस्तो कि, बिहीबार यहाँको सहरी क्षेत्रको न्यूनतम तापक्रम ९.८ डिग्री थियो, हिजोसम्म यो रेकर्ड यो वर्षकै कम हो भने शुक्रबार बिहान ८.६ डिग्री सेल्सियस पुगेको छ, यो पनि वर्षकै सबैभन्दा कम हो।
Shares
प्रतिक्रिया