चीनमा ११ हजार ७ सय ९१ जनामा यसको संक्रमण देखिएको छ। चीनबाट यो भाइरस विश्वका अन्य २४ मूलुकसम्म पुगिसक्दा पुरा करिब १२ हजारमा यसको संक्रमण भेटिएको छ।
हङकङमा पनि कोरोनाको संक्रमण दिनदिनै बढ्दै जान थालेको छ। अहिलेसम्म १३ जनामा यसको संक्रमण पुष्टि हुँदा ७६० जना हङकङवासीलाई कोरोनाको संक्रमण भएको आशंका गरिएको छ।
यसबीचमा हङकङमा रहेको अस्पतालका ७ हजारभन्दा बढी कर्मचारीले चीनसँगको नाका पूर्ण रुपमा बन्द गर्नुपर्ने सरकारसँग आग्रह गरेका छन्।
नाकाहरु बन्द गरिए कोरोनाको संक्रमण कम हुने उनीहरुको भनाइ छ। आफ्नो माग पुरा नभए आफूहरुले सोमबार अस्पताल ठप्प पार्दै हड्ताल गर्ने चेतावनी दिएका छन्।
डाक्टर, नर्स तथा चिकित्सकहरुले अस्पताल ठप्प पोर्न चेतावनी दिएपछि शनिबार हङकङकी स्वास्थ्यमन्त्री सोफिया चान एक रेडियो कार्यक्रममा रोएकी छिन्।
उनी अस्पतालका कर्मचारीहरुलाई अस्पतालमा अड्ताल नगर्न आग्रह गर्दै रोएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यसबीचमा हङकङको अस्पताल प्राधिकरणका अध्यक्ष हेनरी फान हङ–लिङले पनि स्वास्थ्यमन्त्री सोफियाको विचारमा समर्थन जनाउँदै अस्पतालमा हड्ताल भए अन्य बिरामीको अधिकारमाथि हनन् हुने बताएका छन्।
हङकङले कारोनोबाट बच्न चीनसँगको सम्पर्क कम नगरेको भने होइन। हङकङले आफ्ना सबै रेल सेवा, डुंगा सेवा तत्कालका लागि चीन जान रोक लगाएको छ। केही हवाई सेवा पनि बन्द गरेको छ।
तर नाका ठप्प गर्ने विषयमा भने त्यस्तो कुनै निर्णय भएको छैन।
प्रतिक्रिया