हङकङमा १४ वर्षीय बालक शौचालयमा झुण्डिएको अवस्थामा भेटिए

हङकङमा १४ वर्षीय बालक शौचालयमा झुण्डिएको अवस्थामा भेटिए

अस्पताल पुगेको एक घण्टापछि बालकलाई मृत घोषित गरिएको थियो (द स्ट्याण्डर्ड)


नेपालखबर
कात्तिक २७, २०८० सोमबार १६:३, हङकङ

हङकङको चिङ यि सार्वजनिक आवास गृहमा एक बालक झुण्डिएको अवस्थामा भेटिएका छन्।

आवास गृहको शौचालयमा एक मिटर लामो तौलियाको पासो लगाई झुण्डिएको अवस्थामा १४ वर्षीय बालक भेटिएका हुन्।

प्रारम्भिक अनुसन्धानका क्रममा बालकको मृत्युमा कुनै शंकास्पद अवस्था नरहेको र उनले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।

यद्यपि घटनास्थलमा कुनै ‘सुसाइड नोट’ भने भेटिएको छैन।

‘माध्यमिक तहमा अध्ययनरत बालक आफ्नो हजुरबुवासँग बस्थे। उनमा कुनै मानसिक अस्थिरता भने नदेखिएको थिएन,’ जानकारहरूले दिएको सूचना उद्धृत गर्दै स्थानीय अखबारले लेखेका छन्।

स्रोतका अनुसार, ‘बालकका आमाबुबाको विवाह भएको थिएन। आमाले उनलाई जन्म दिएपछि तुरुन्तै मुख्य भूमि फर्किइन् र त्यसपछि उनीहरू कहिल्यै सम्पर्कमा रहेनन्।’

आइतबार बिहान करिब साढे १० बजे बालकका ७५ वर्षीय हजुरबुवाले उनलाई आवासको तल ब्रेकफास्टको लागि जान आग्रह गरेका। तर, उनले चासो दिएनन् र हजुरबुवा एक्लै ब्रेकफास्टको लागि गए।

हजुरबुवा फर्केर आउँदा बालकलाई देखेनन्, बाथरुमको ढोका बन्द भएकोले शौचालय प्रयोग गरिरहेको ठाने।

२० मिनेटभन्दा बढी हुँदा पनि उनी शौचालयबाट ननिस्किएपछि र भित्रबाट कुनै आवाज नआएपछि ढोका खोलेर हेर्दा तौलियाले झुण्डिएको अवस्थामा देखेका थिए।

त्यसपछि हजुरबुवाले बालकलाई तुरुन्तै सोफामा लगे र प्रहरीलाई खबर गरेका थिए।

प्रहरी आएपछि उनलाई तुरुन्तै चुनवानस्थित वानचाइ अस्पताल लगियो।

अस्पताल पुगेको एक घण्टापछि उनलाई मृत घोषित गरियो।

जानकार स्रोतका अनुसार बालकको शैक्षिक नतिजा त्यति साह्रो नराम्रो पनि थिएन। तर, उनमा मोबाइल गेमको भने लत थियो।

हङकङ जोकी क्लब सेन्टर फर सुसाइड रिसर्च एण्ड प्रिभेन्सनका निर्देशक पल यिप सिउ–फाइले गत वर्षको तुलनामा विगत तीन महिनामा आत्महत्या गर्ने विद्यार्थीको संख्या दोब्बर भएको बताए।

एक रिपोर्ट अनुसार हङकङमा यस वर्ष अक्टोबरसम्ममा १८ वर्षमुनिका र विश्वविद्यालयका विद्यार्थीसहित २२ जनाले आत्महत्या गरेका छन्।

यो तथ्यांकले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा डरलाग्दो असर गरिरहेको निर्देशक फाइ बताउँछन्।

कारितास हङकङका युवा तथा सामुदायिक सेवा प्रमुख चार्ली चाल वाइ–लेङले विद्यार्थीको आत्महत्याको दर यसरी उकालो लाग्नुमा मुख्य समस्या शैक्षिक दबाब रहेको बताए।

उनी शैक्षिक दबाबबाट विद्यार्थीलाई मुक्क्त गर्न विद्यालयहरूलाई सुझाव दिन्छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .