मजदुर घाइते प्रकरण : सुरक्षा नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने हङकङका श्रम प्रमुखको प्रतिबद्धता

मजदुर घाइते प्रकरण : सुरक्षा नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने हङकङका श्रम प्रमुखको प्रतिबद्धता

शनिबार याउमा तेईस्थित कार्यस्थलमा निर्माण सामग्री खस्दा चार मजदुर घाइते भएका छन् (एससीएमपी)


नेपालखबर
कात्तिक २६, २०८० आइतबार १८:२३, हङकङ

हङकङका श्रम तथा कल्याण सचिव क्रिस सन युक-हानले सहरका निर्माणस्थल थप जाँच गर्ने बताएका छन्।

शनिबार याउमा तेईस्थित कार्यस्थलमा निर्माण सामग्री खसेर चार मजदुर घाइते भएपछि श्रम प्रमुखको यस्तो प्रतिक्रिया आएको हो।

‘अधिकारीहरूले यस कुरालाई गम्भीरताका साथ लिइरहेका छन्। सुरक्षा नियम उल्लंघन गर्नेहरूमाथि कडा कारबाही हुनेछ,’ श्रम सचिव सुन भन्छन्, ‘हालै भएको औद्योगिक दुर्घटनाका सम्बन्धमा गम्भीरतापूर्वक छानबिन गर्नेछौँ।’

हङकङमा यसभन्दा अघि पनि निर्माणस्थल दुर्घटना भइरहेका छन्।

निर्माण उद्योगले यस वर्ष कम्तीमा २० वटा घातक औद्योगिक दुर्घटना बेहोरेको रेकर्ड गरेको छ।

शनिबारको दुर्घटना यस वर्ष लिफ्टििङ अपरेसनमा भएको नवौँ दुर्घटना हो।

गत शुक्रबार मात्रै तुङचुङको एक निर्माणस्थलमा आल्मुनयिमको रडले टाउकोमा लाग्दा ५८ वर्षीय मजुदरको मृत्यु भएको थियो।

सार्वजनिक निर्माणस्थलमा भएका दुर्घटनालाई हेर्दा सरकारले निर्माण उद्योगमा सुरक्षा प्रत्याभूत गर्न नसकेको हो भन्ने प्रश्नमा सुनले यस क्षेत्रमा सुरक्षा सुधारका लागि विकास ब्युरोसँग छलफल गर्ने बताएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .